उच्चस्तरीय संयन्त्रको कोइरालाद्धारा नै विरोध
जेठ, ४ पोखरा । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले चार दल सहभागि उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । संयन्त्रको संयोजक समेत भइसक्नुभएका सभापति कोइरालाले चार दलका नाममा देशमा सिण्डिकेट लाद्न खोजिएको भन्दै सबै दललाई मिलाएर लैजानुपर्ने धारणा व्यक्त गरे । चार दलबाहिरका अन्य दलहरुले संयन्त्रको विरोध गरिरहेका बेला संयन्त्रमा सहभागि दलकै सभापतिबाट यस्तो अभिव्यक्ति आएको हो । उनले भने, ‘मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र यादवको मधेशी मोर्चालाई समेत विश्वासमा लिएर अगाडि बढ्नुपर्छ ।’ पोखरामा आज नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार ...

चुनावको मिति घोषणामा किन ढिलाई : महत
चितवन, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले तत्कालै संविधानसभाको मिति घोषण गर्न सरकारसंग माग गरेका छन् । सरकार गठन भएको दुई महिना बितिसक्दा समेत निर्वाचनको मिति घोषणा नहुनुले सरकारप्रति नै आशंका उब्जिएको नेता महतले बताए । उनले नेकपा माओवादी सहितका साना ३३ दलहरु वार्तामा नआए चुनावको मिति घोषणा गरेर अगाडि बढ्न सरकारलाई सुझाव दिए । पश्चिम चितवनको पार्वतीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा सहभागी हुन चितवन आउनु भएका नेता महतले भरतपुर विमानस्थलमा पत्रकारसंग प्रतिक्रिया दिर्दै निवार्चनको विकल्प नभएकाले सरकारले चुनावको मिति घोषणा गरेर चुनाबको माहोल सिर्जना गर्नुपर्ने भनाई ...

एमाले नेतृ अर्याल एमाओवादीमा प्रवेश
काठमाडौं, ४ जेठ । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अर्याल र थापालाई फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । एमाले पोलिट्व्युरो सदस्य रहेकी नेतृ अर्याल माओवादीमा प्रवेश गर्न लागेको चर्चा पछिल्ला केहि दिन चल्दै आएको थियो । एमालेमा छँदा अर्याल सांसद, मन्त्री र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिइन् । पार्टी नेतृत्वसंग असहमती जनाउँदै केही साता अघि मात्र एमाले नेता रामचन्द्र झा एमाओवादी प्रवेश गरेका ...

′निर्वाचन अघि राजनीतिक नियुक्ति खारेज′
काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर नगरेसम्म निष्पक्ष निर्वाचन हुन नसक्ने दावी गरेका छन् । निर्वाचन क्षेत्र नं. १ मा आज आयोजित कार्यकर्ता भेला कार्यक्रममा महामन्त्री सिंहले आसन्न निर्वाचनलाई प्रभावित पार्न अघिल्लो सरकारले महत्वपूर्ण ठाउमा आफु अनुकुल व्यक्तिलाई नियुक्त गरेको बताए । निष्पक्ष निर्वाचन गर्ने हो भने सम्पुर्ण राजनीतिक नियुक्ति खारेज हुनैपर्छ, सिंहले भने, ‘यो साहस बर्तमान सरकारले देखाउन सक्छ कि सक्दैन, परीक्षाको बिषय हो ।’ महामन्त्री सिंहले निर्वाचनमा थ्रेसहोल्डको व्यबस्था राख्नुपर्नेमा जोड दिए । थ्रेसहोल्डले दललाई नागरिक र देशप्रति जिम्मेवार ...

वार्ताका लागि तीनदिने म्याद
काठमाडौं, ४ जेठ । उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरूसँग तीन दिनभित्र सघन र व्यवस्थित वार्ता गरेर चुनावी प्रक्रियामा ल्याउने निर्णय गरेको छ । शुक्रबार समितिका संयोजक एमाले अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले सरकार गठन प्रक्रियासँगै असन्तुष्ट रही आन्दोलन गरिरहेका नेकपा–माओवादीलगायत दलहरूसँग वार्ताको संयोजन गर्ने जिम्मेवारी खनाललाई नै दिएको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन प्रक्रियासँगै असन्तुष्ट रहेका केही दलले चुनाव असफल पार्ने भन्दै आन्दोलन गरिरहेका छन् भने सरकार र उच्चस्तरीय राजनीतिक समितिको संवैधानिक हैसियत नै नभएको भन्दै वार्ता अस्वीकार गरिरहेका छन् । यसअघि, उच्चस्तरीय राजनीतिक समिति र सरकारले औपचारिक ...

ठमेलमा भीषण आगलागी
काठमाडौं, ४  जेठ । ठेमलस्थित नम्रता शाहीको घरमा आगलागी हुँदा २० करोड रुपियाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं गेस्ट हाउसनजिकै रहेको तीनतले घरमा बिहीबार राति ८ बजे आगलागी भएको थियो । प्रहरीका अनुसार राम गिरीले सञ्चालन गर्दै आएको फेसेस क्लबको भान्साबाट आगो सल्किएको हो । तेस्रो तलामा रहेको भान्सामा ग्यासको सिलिन्डर पड्किएपछि आगो सल्किएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी र नेपाल आर्मीले भने जेनेरेटर पड्किएर आगलागी भएको दाबी गरेका छन् । सेनाले प्रेस विज्ञप्तिमार्फत फेसेस बारमा जेनेरेटर चलाउँदा लाइन सर्ट भएपछि ग्यास पड्किएर आगलागी भएको जनाएको छ । आगलागी नियन्त्रण ...

तेस्रो विश्वलाई हेर्ने शास्त्र र विचारधारा हामीसँग छैन
राजनीतिक एवं दार्शनिक चिन्तकका रूपमा छवि स्थापित गरेका प्रदीप गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । गिरीसँग तेस्रो विश्वका गरिब मुलुकको समस्या समाधान गर्ने सन्दर्भ तथा वैचारिक रूपमा विश्वस्तरमै पार्टीहरूमा छलफल तथा चिन्तनको परिपाटी घट्दै गएको सन्दर्भमा लिइएको अन्तरवार्ताको सम्पादित अंश : तपाईंले हिजोआज पार्टीहरूमा हुने वैचारिक छलफलको गतिलाई कसरी हेर्नुभएको छ ? दुर्भाग्यवश सबै राजनीतिक पार्टीमा छलफलको क्रम पातलिँदै गएको छ । भारतका खास गरेर बुर्जुवा भन्ने गरिएका पार्टीमा त झनै त्यो परम्परा छँदै छैन । भारतमा राष्ट्रिय कांग्रेस अथवा लालु यादवको पार्टी, नीतिश कुमारको पार्टी, मुलायम सिंहको पार्टी, करुणा ...

भोटका लागि विद्यार्थी भर्नामा तँछाड–मछाड
काठमाडौं, ४  जेठ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिँदै जाँदा चुनावको परिणाम आफ्नो पक्षमा पार्नका लागि विद्यार्थी संगठन विद्यार्थी भर्नामा तँछाड–मछाड गर्न थालेका छन् । विद्यार्थी संगठनबीच पढाइ होइन, भोटका लागि विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हँुदा कतै कुटाकुट त कुनै क्याम्पसमा तालाबन्दीसम्म हुन थालेको हो । भक्तपुरको सानोठिमीस्थित सानोठिमी क्याम्पसमा शुक्रबार भर्नाका क्रममा अनेरास्ववियुका नेता कुटिएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)ले शुक्रबार दिउँसो २ बजे अनेरास्ववियुका नेतालाई विद्यार्थी भर्ना गर्ने क्रममा कुटपिट गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)ले आफूले भर्ना गरिसकेपछि अनेरास्ववियुलाई भर्नामा अवरोध पुर्‍याई कुटपिट गरेको हो । अनेरास्ववियुका विद्यार्थी भर्नाका लागि ...

मदन भण्डारीलाई नपछ्याउँदा…
काठमाडौं, ४ जेठ । दास ढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २० वर्ष पुगेको छ । अस्वाभाविक र रहस्यमयी त्यो दुर्घटना नियोजित थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्कर्ष जनताले अझै सुन्न पाएका छैनन् । दुर्घटनामा समकालीन राजनीतिका सबैभन्दा चर्चित नेता भण्डारीको निधन भएपछि त्यसले संसारको ध्यान केन्द्रित गर्‍यो । एमाले अहिले पनि त्यो दुर्घटना नभएर हत्या भएको दाबी गर्छ । भण्डारीले अगाडि सारेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्त बताउने एमालेका तीन नेता यसबीचमा मुलुकको प्रधानमन्त्री भए । ...

एमालेको चुनावी अभियान सुरु
काठमाडौं, ४ जेठ । एमालेले संविधानसभा परिचालनसम्बन्धी एकमहिने अभियानको अन्तिम तयारी सकेको छ । केन्द्रीय कमिटीले तयार गरेको कार्ययोजनाअनुरूप शुक्रबार पार्टी मुख्यालय बल्खुमा अभियानका सदस्यको अभिमुखीकरण कार्यक्रम गरी चुनावी अभियान सुरु गरेको हो । केन्द्रीय सदस्यहरूको नेतृत्वमा देशका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा अभियान चलाउने तयारी एमालेले गरेको हो । हरेक निर्वाचन क्षेत्रमा एक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित क्षेत्रबाट राष्ट्रिय प्रतिनिधि परिषद्मा प्रतिनिधित्व गर्ने सदस्यहरू र अञ्चल समन्वय कमिटीबाट दुई सदस्य गरी माथिल्लो निकायबाट खटिनेछन् । अभियानको कार्यतालिका जिल्ला कमिटी र निर्वाचन क्षेत्रीय कमिटीले बनाउनेछन् । टोलीले हरेक निर्वाचन क्षेत्रका गाउँ–टोलमा ...